www.nepaliecard.blogspot.com
Thursday, October 6, 2016
Monday, June 27, 2016
Friday, June 10, 2016
Tuesday, March 29, 2016
Sunday, January 31, 2016
साउदीमा तीन सय नेपालीको बिचल्ली, तलब नपाउँदा भोकभोकै बस्न बाध्य
साउदी अरब,रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् ।
दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् ।
सडक निर्माण क्षेत्रमा कार्यरत उनीहरू तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् । अधिकांश नेपाली कामदारको आवास अनुमति ९अकमा० नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन् ।
सडक निर्माणका लागि साउदीको विभिन्न स्थानमा कार्यरत कामदारसँग कागजात नभएका कारण समस्या परेको र भोकभोकै बस्नुपर्ने स्थिति आएको सर्लाहीका देव मैनालीले बताए । “खाने बस्ने कुनै टुङ्गो छैन, खुला आकाशमूनी सुत्न बाध्य छौं, मैनालीले भने ।

आफूहरुको उद्धारका लागि दूतावासका कर्मचारी हरि घिमिरेलाई दुई साता अघि जानकारी गराएको तर, पहल हुन नसकेको उनले गुनासो गरे । अन्य मुलुकका कामदारलाई दूतावासले खाने, बस्ने प्रबन्ध मिलाउने गरेपनि नेपाली दूतावासले भने कुनै चासो नदिएको मैनालीको भनाइ छ ।
तलब पाउने आशमा विभिन्न क्षेत्रमा कार्यरत १०० बढी कामदार कम्पनीको मुख्य कार्यालय दमाम आइपुगेका छन् । उक्त कम्पनीको कार्यक्षेत्र हायल, अलकसीम, जुबेल, खादली, अबुद्रिया, रस्तनुरा, खब्जी, सरार, दमाम लगायतका स्थानमा कार्यरत नेपाली कामदार अलपत्र परेका हुन् ।
रोजगारदातासँग काम गरेको तलब पटक–पटक माग्दा पनि उपलब्ध नगराएको सिन्धुलीका नानीराम श्रेष्ठले बताए । ‘कमाएर घर पठाउने कुरै छाडौँ, छाक टार्न धौ धौ भएको छ । साथीहरुसँग सापटी गरेर बाँचेका छौं उनजेल भने ।
कम्पनीमा नेपाली कामदारसहित बङ्गलादेशी, भारतीय, श्रीलङ्काली, फिलिपिनी, पाकिस्तानीलगायतका गरी एक हजार ३०० बढी कामदार कार्यरत रहेको बताइएको छ ।
भोकभोकै बस्नु परेपछि तलब पाउने आशामा हायलबाट काम छाडेर दमाम आएको गोर्खाका भक्त गुरुङले बताए । ‘सुत्ने ठाउँ छैन, कोही गाडीमा त कतिपय चिसो भुइँमा सुतेका छन्, एउटै कोठामा १५ जना कोचिएर रात काटेका छौँ” उनले भने ।
भोकै बस्नुपर्ने स्थिति आएपछि काम गर्न छाडेर कम्पनीको मुख्य कार्यालयमा आएको अर्का पीडित अर्घाखाँचीका समुन्द्र रानाको भनाइ छ ।
कम्पनी सञ्चालकले कामदारका समस्याप्रति चासो नदिएको पीडित नेपालीले बताएका छन् । पिउने पानीको समेत राम्रो व्यवस्था नहुँदा केही कामदार बिरामी परेका छन् । पैसाको अभाव र कागजात नभएकाले उपचार गर्नसमेत समस्या भएको छ ।
Thursday, December 24, 2015
Thursday, November 19, 2015
Subscribe to:
Comments
(
Atom
)